अर्थ मन्त्रालयद्वारा एकसाथ ९० अधिकृतको सरुवा तथा पदस्थापन

काठमाडौं । अर्थ मन्त्रालयले एक साथ ९० शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले अधिकृत स्तरका कर्मचारीको काज तथा पदस्थापन सूची सार्वजनिक गरेको छ । जसमध्ये ८३ अधिकृतको सरुवा गरिएको छ भने ७ अधिकृतको पदस्थापन गरिएको हो ।

अर्थले यसअघि सहसचिव र उपसचिवहरुको समेत सरुवा तथा खटनपटन गरेको थियो । अर्थ मन्त्रालयमा कार्यरत अधिकृतहरुलाई मातहतका विभिन्न विभागमा खटाइएको छ भने विभागहरुका कार्यरत कर्मचारीलाई भने मन्त्रालय तानिएको छ ।

You might also like

Comments are closed.