तोलामा ३ हजारले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ ।

प्रतितोला ३ हजार रुपैयाँ बढेर आज प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने २ लाख ६ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर आज प्रतितोला २ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार २ हजार ३ सय ६० रुपैयाँमा कायम भएको थियो ।

You might also like

Comments are closed.