काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । सोमबार बिहानदेखि लागु हुने गरी मूल्य घटाइएको हो ।
निगमका अनुसार, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर अमेरिकी डलर ७ रुपैयाँले घटाइएको जनाइएको छ ।
पेट्रोलको मूल्य काठमाडौं पोखरा र दिपायलमा १६१ रुपैयाँ, सुर्खेत र दाङ १६० रुपैयाँ र चार आली विराटनगर, अमलेखगञ्ज, जनकपुर नेपालगञ्ज धनगढी, बीरगञ्जमा १५८.५० रुपैयाँ यथावत् छ ।
Comments are closed.