काठमाडौं । २ महिनादेखि बन्द रहेको पोखरा–जोमसोम हवाई सेवा सञ्चालनमा आएको छ । बर्खायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमका कारण २ महिनादेखि सेवा बन्द रहेको थियो ।
निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले गएको असार २ गतेदेखि र समिट एयरलाइन्सले असार २० गतेदेखि पोखरा–जोमसोम हवाई उडान बन्द गरेका थिए । जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले पर्यटकीय याम शुरू भएसँगै उडान सञ्चालन गरिएको जानकारी दिए ।
उनका अनुसार पोखरा–जोमसोम हवाई उडानका लागि समिट एयरलाइन्सको ट्विनअटर जहाजले हिजोदेखि उडान भर्न शुरू गरेको छ । पहिलो दिन हिजो समिट एयरलाइन्सको जहाजले पोखरा–जोमसोम दुईवटा उडान भरेको कार्यालय प्रमुख पोखरेलले बताए ।
Comments are closed.