सवारी साधनमा इम्बोस्ड नम्बर नेपालीमै राख्न भाषा आयोगको माग

काठमाडौं । सवारी साधनमा जडान हुने इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा राख्न भाषा आयोगले माग गरेको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा भएकाले सवारी साधनमा पनि नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि आयोगको माग छ ।

सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा उल्लेख गरिएको छ । सवारी साधनको नम्बर प्लेट अंग्रेजी भाषामा हुने व्यवस्थाप्रति आयोगले आपत्ति जनाउँदै नेपाली भाषामा उल्लेख गर्न माग गरेको हो ।

संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ । भाषा आयोगले आफ्नो संवैधानिक दायित्व समेत बोध गर्दै देवनागरी लिपीमा विद्युतीय सङ्केत सङ्ख्या राख्न आयोगको गत भदौ १ को निर्णयानुसार नेपाल सरकारको पुनः ध्यानाकर्षण गराएको हो ।

सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को उपधारा ३ ले भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेबमोजिम हुनेछ भनी स्पष्ट गरेको पाइन्छ भन्ने प्रावधान बमोजिम सबै तहका सरकारलाई सोही बमोजिम गर्न गराउन स्पष्ट व्याख्या भएको छ ।

You might also like

Comments are closed.