नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेप्से १५ दशमलव ५९ अंकले घटेर २७ सय २६ दशमलव ३७ को बिन्दुमा कायम भएको छ ।

आज ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड माथिको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ३३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनी लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.९९ प्रतिशतका दरले गुमाएका छन् । आज १२ उपसूचक राताम्य भएको छ ।

आज वाणिज्य बैंक समूहको ०.४९ प्रतिशत, विकास बैंक समूहको ०.९२ प्रतिशत, फाइनान्स समूहको ०.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

You might also like

Comments are closed.