काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ६ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार भदौ १५ गते बैंकहरुको निक्षेप सो रकम बराबर बढ्न पुगेको हो ।
भदौ १४ गते ७२ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप १५ गते ६ अर्बले बढेर ७२ खर्ब ४७ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ । भदौ १४ गते ६४ खर्ब ८८ अर्ब रुपैयाँ रहेको निक्षेप १५ गते ७ अर्बले बढेर ६४ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ ।
सो समयमा कर्जा लगानी ३ अर्बले बढेको छ । १५ गते बैंकहरुको कर्जा लगानी ५६ खर्ब ४ अर्ब रुपैयाँ कायम छ । सो अवधिमा वाणिज्य बैंकको कर्जा लगानी ४९ खर्ब ८२ अर्ब रुैपैयाँ रहेको छ ।
सो समयमा बैंकको सीडी रेसियो ७६.३७ प्रतिशत र अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
Comments are closed.