भोलिदेखि नेपाल कला तथा संस्कृति महोत्सव हुने

काठमाडौं । शुक्रबारदेखि नेपाल कला तथा संस्कृति महोत्सव हुने भएको छ । बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा महोत्सव आयोजना हुनेछ ।

नेपाल पर्यटन बोर्ड र नेपाल कला परिषद्ले काठमाडौं उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । सो महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने जनाइएको छ ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छन् । महोत्सव आगामी असोज १० गतेसम्म चल्नेछ ।

You might also like

Comments are closed.