पोखरा । पोखरा भुटान सिधा उडान हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–पारो चार्टर उडान गर्न लागेको हो । आउँदो असोज १२, १६, २० र २४ गते उडान गर्नेगरी तालिकासमेत तय भइसकेको छ ।
युनिभर्सल टुर्स एण्ड ट्राभल (युटीटी) ले भुटान एयरलायन्समार्फत उडान गर्न लागेको हो । भुटान एयरलायन्स एक सय २६ सिट क्षमताको हो । ट्राभल्सले चार्टर उडानका सहित ट्राभल्स प्याकेज समेत बनाएको छ । यो प्याकेज चार रात र पाँच दिनको रहेको छ ।
यसअघि गएको असार सात गते चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो । पोखराबाटै छेन्दुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ ।
पछिल्लो पटक सिचुवानले पोखरा–सिचुवान–अस्ट्रेलिया उडानको पहल गरिरहेको छ । सिचुवानले एयरलाइन्सले छेन्दुहुँदै अस्ट्रेलिया उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिसकेको छ ।
Comments are closed.