काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ध्वनी प्रदूषण नियन्त्रण गर्न सबैमा अनुरोध गरेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै ध्वनी प्रदूषण हुने विभिन्न २३ वटा काम नगर्न सबैमा अनुरोध गरेको हो । जसमा प्रहरीले सडक र सवारी सम्बन्धी ४ वटा कार्य नगर्न भनेको छ ।
कार्यालयले मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्न र ठूलो आवाज आएमा छिमेकभन्दा पर लगी चालु गर्न आग्रह गरेको छ ।
त्यस्तै, सडकमा अनावश्यक हल्ला नगर्न र सडकमा जथाभावी फोहोर नफाल्न भनेको छ । प्रेसर हर्न वा मोडिफाई गरी ठूलो आवाज निकाल्ने सवारी साधान नचलाउन आग्रह गरेको छ ।
प्रहरीले ध्वनी प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले त्यस्तो कार्यमा बन्देज लगाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने जानकारी समेत गराएको छ ।
Comments are closed.