बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको १६ सयले बढेर प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार भने सुन तोलाको २ लाख १० हजार ४ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार चाँदी तोलाको २४९० मा कारोबार भएको थियो ।

You might also like

Comments are closed.