काठमाडौं । ललितपुरको एकान्तकुनाबाट दुईपाङ्ग्रे सवारीसाधनको सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण सेवा सुरु भएको छ । २२ औँ निजामती सेवा दिवसका अवसरमा आइतबार सो सेवा शुभारम्भ गरिएको हो ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले ब्लुबुक नवीकरण सेवाको शुभारम्भ गरेका हुन् । कार्यालयले उपलब्ध दरबन्दी अनुसार कर्मचारी सञ्चालन दैनिक १ हजार ५०० देखि २ हजार जनालाई सेवा दिन मिल्ने व्यवस्था मिलाइएको छ ।
हाल कार्यालयले दैनिक करिब २०० देखि ३०० सवारी चालक अनुमतिपत्र नवीकरण गर्दै आएको र त्यति नै संख्यामा नयाँ अनुमतिपत्रको आवेदन दर्ता गर्ने कार्य भइरहेको छ ।
Comments are closed.