रुपन्देहीमा कर्फ्यू जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि कर्फ्यू जारी गरेको छ ।

आज अपराह्न ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध जेनजी युवाहरूले प्रदर्शन गरेका थिए ।

You might also like

Comments are closed.