काठमाडौं । प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् ।
मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् ।
‘हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ ओलीले आफ्नो राजीनामा भनेका छन् ।
Comments are closed.