सर्वोच्चमा मुद्दाको सुनुवाइ अनिश्चित

काठमाडौं । सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चित बनेको छ । सर्वोच्च अदालत, नेपाल बार एसोसिएसनलगायतमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि सर्वोच्चको सुनुवाइ अनिश्चित बनेको हो ।

सर्वोच्चमा अहिले इजलास सञ्चालन भइरहेको र मिसिल रहेको मूल भवनमा आगजनी भएको छ । आगजनीले इजलास र मिसिलमा कति क्षति पुग्यो भन्ने यकिन भएको छैन । मिसिलमा क्षति पुगेमा सुनुवाइमा थप विलम्ब हुनेछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले क्षति के कस्तो भएको छ, यकिन नभएकाले न्यायिक कार्य कहिलेबाट हुन्छ भन्न नसकिने बताए । जेनजीको प्रदर्शनका क्रममा मङ्गलबारसमेत उपत्यकाका सबै अदालतको सुनुवाइ रोकिएको थियो ।

मङ्गलबार पनि सर्वोच्च प्रशासनले सूचना जारी गरेर सुनुवाइ स्थगित गरेको थियो ।

You might also like

Comments are closed.