सुनको भाउ आज यथावत्

काठमाडौं । सुनको भाउ आज घटबढ भएको छैन ।

सुन हिजोको जस्तै आज तोलाको दुई लाख १४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको यो भाउ अहिलेसम्मकै उच्च हो ।

त्यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदी १० रुपैयाँले घटेर तोलाको दुई हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार पाँच सय १५ रुपैयाँ थियो ।

You might also like

Comments are closed.