त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित रुपमा सञ्चालन

काठमाडौं । जेनजीको प्रदर्शनले बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेको छ ।

बुधबार साँझ देखिनै विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ ।

नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पु¥याइने जनाएको छ । विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्न सक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ ।

You might also like

Comments are closed.