आंशिक रूपमा खुल्न थाले बैंक तथा वित्तीय संस्था

काठमाडौं । जेनजीको प्रदर्शनले बन्द रहेका बैंक तथा वित्तीय संस्था खुल्न थालेका छन् ।

सीमित कर्मचारीमार्फत अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेपछि आंशिक रूपमा बैंक तथा वित्तीय संस्था खुलेका हुन् ।

राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई व्यावसायिक निरन्तरता दिन भनेको छ ।

बैंक तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

सुरक्षाका कारण अधिकांश बैंक तथा वित्तीयका साथै एटीएम समेत बन्द हुँदा सेवाग्राहीहरू प्रभावित भएका छन् ।

You might also like

Comments are closed.