हातहतियार बुझाउन र पोशाकको दुरुपयोग नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले ‘जेन–जी’ आन्दोलनका क्रममा खोसिएका हातहतियार, सञ्चार साधन, गाडी, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परेमा बुझाउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज विज्ञप्ति निकालेर हातहतियारलगायत सामग्री बुझाउन आग्रह गरेको हो । स्थानीय प्रहरी, सुरक्षा निकायको कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल नम्बर, टोल फ्री नम्बर, नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पर्क गरी बुझाउन सकिनेछ ।

यस्तै आन्दोलनका क्रममा नियन्त्रणमा लिएको प्रहरी पोशाकको दुरुपयोग नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

You might also like

Comments are closed.