काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट व्यक्तिले पाउने ‘भीआइपी’ सुविधा बन्द गरिएको छ ।
विमानस्थल कार्यालयले भीआइपी कक्ष बाहिर सूचना टाँसेर सो सुबिधा बन्द गरिएको जानकारी गराएको हो ।
असहज परिस्थितिका कारण भीआइपी सुविधा बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरिएको छ ।
मंगलबारदेखि बन्द रहेको त्रिभुवन विमानस्थल आज बिहानैदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । यद्यपि, अन्तर्राष्ट्रिय उडान भने बुधबारदेखि नै सञ्चालनमा आएको थियो ।
Comments are closed.