काठमाडौं । जेनजीको प्रदर्शनले ठप्प रहेको यातायात सेवा सुचारु हुन थालेको छ । गत भदौ २३ र २३ गते भएको प्रदर्शनले देशभरकै यातायात सेवा ठप्प रहेका थिए ।
सरकारले निषेधाज्ञा र कफ्र्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सुचारु हुन थालेको जनाइएको छ । गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुबाहक बस सञ्चालन हुन थालेका छन् ।
आज बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको लोत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए ।
सवारी साधन नचल्दा यात्रु मारमा परेका थिए । अहिले भने निषेधाज्ञा र कफ्र्यू खुकुलो बन्दै जान थालेपछि सवारी साधन बिस्तारै खुल्न थालेको बुझिएको छ ।
Comments are closed.