भैरहवा भन्सार सुचारु, भित्रिन थाले पेट्रोलियम पद्धार्थ

काठमाडौं । भैरहवा भन्सार सुचारु भएको छ । जेनजीको आन्दोलनले लगाइएको निषेधाज्ञा र कफ्र्यूका कारण मंगलबारदेखि बन्द रहेको भैरहवा भन्सार आजबाट खुलेको छ ।

भन्सार खुलेसँगै रुपन्देहीको बेलहिया नाका हुँदै पेट्रोलियम पद्धार्थ नेपाल भित्रिन थालेको छ । आज बिहानैदेखि अत्यावश्यक समान बोकेका मालवाहक सवारीहरू जाँचपास भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

भारतबाट खाना पकाउने एलपी ग्यास, पेट्रोल लगायत इन्ध बोकेका ट्यांकरहरू नेपाल भित्रिएका छन् ।

आन्दोलनका कारण मंगलबारदेखि देशभरका भन्सार कार्यालयहरू बन्द छन् । जसकारण भारत, चीन लगायत मुलुकबाट सामान आयात रोकिएको थियो ।

You might also like

Comments are closed.