काठमाडौैं । जेनजीको प्रदर्शनले बन्द रहेको यातायात सेवा सञ्चालन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासंघको आग्रह छ ।
महासंघ महासचिव राजेन्द्रविक्रम बानियाँले विज्ञप्ति जारी गरी जेन जेडले अघि सारेका राजनीतिक, सामाजिक र आर्थिक सुधारका मागलाई सरकार, सम्पूर्ण राजनीतिक दल र सरोकारवाला निकायले गम्भीरतापूर्वक लिई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको भौतिक, सामाजिक र आर्थिक जीवनको मेरुदण्ड मानिने यातायात क्षेत्र पछिल्ला केही दिनदेखि पूर्ण रूपमा ठप्प छ, सडकमा सवारीसाधन नचल्दा दैनिक उपभोग्य सामग्री, कच्चापदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्तिसम्ममा गम्भीर असर परेको छ, यस अवस्थाले व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविका संकटमा परेको छ भने सर्वसाधारण नागरिकले पनि ठूलो कठिनाइ भोगिरहेका छन्,’ ।
Comments are closed.