राष्ट्र बैंकले आजदेखि सुकिला नोट वितरण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि सुकिला नोट वितरण गर्ने भएको छ । चाडपर्वलक्षित सुकिला नोट आजबाट वितरण हुने बैंकले जनाएको छ ।

यो वर्ष पनि नयाँ नोट निष्कासन नगर्ने निर्णय गरेको केन्द्रीय बैंकले आजदेखि सुकिला नोट बजारमा पठाएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली तथा प्रदेशस्तरीय कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी र बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।

एक जना व्यक्तिले पाँच, दश, बीस, पचास र एक सय रुपैयाँ दरका नोटसहितको १८ हजार पाँच सय रुपैयाँसम्म साट्न पाउनेछन् । राष्ट्र बैंकले गत वर्षदेखि दसैंको समयमा नयाँ नोट नबाड्ने नीति लिएको छ ।

दसैंमा नयाँ नोट प्रयोग गर्दा धेरै फोहोर हुने र नोट छिट्टै पुरानो हुने हुँदा राष्ट्र बैंकले दसैंको समयमा नोट निष्कासन नगर्ने नीति लिएको हो ।

You might also like

Comments are closed.