काठमाडौं । नेपालीहरुको महान् पर्व दशै पर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ गर्ने सम्बन्धमा आज छलफल हुदैछ ।
राजधानी काठमाडौंबाट बाहिर जाने सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरी लगायत सरोकारवालाबीच बैठक बस्न लागेको जनाइएको छ ।
सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी भए अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायीहरु तयार छन् ।
Comments are closed.