पूर्ण रुपमा सञ्चालनमा आए बैंक तथा वित्तीय संस्था

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण देशले ठूलो धनजनको क्षति बेहोर्नुपर्यो । जेनजीको प्रदर्शनको मार बैंक तथा वित्तीय संस्थाले पनि खेप्नुपर्यो।

प्रदर्शनका कारण बन्द अवस्थामा रहेका बैंक तथा वित्तीय संस्थाहरु अहिले पूर्ण रुपमा सञ्चालनमा आएको छ । आइतबारदेखि बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा सञ्चालनमा आई बैंकिङ सेवा दिन थालेका छन् । आन्दोलनबाट क्षति पुगेका बैंकहरुका शाखा कार्यालय र एटिएमहरू पनि चाँडै नै सञ्चालन गर्ने तयारी थालिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बैंकर, निजी क्षेत्रका व्यवसायी र उद्योगीसँग छलफल गरेका छन् । गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्था सम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका हुन् ।

जेनजी आन्दोलनका कारण ठूलो क्षति व्यहोरेका उद्योगी तथा व्यवसायीका लागि विशेष प्याकेज ल्याउन गभर्नरसँग माग राखेका छन् । गभर्नर पौडेलले बैंकरहरुसँग पनि छुट्टै छलफल गरेका छन् ।

 

 

You might also like

Comments are closed.