काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबारदेखि सबै बीमा कम्पनीलाई नियमित रूपमा कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनले प्रभावित बनेको सेवा आजबाट नियमित रुपमा सुचारु गर्न प्राधिकरणको अनुरोध गरेको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै अहिले अवस्था सामान्य बन्दै गएकाले सबै बीमा कम्पनीलाई कार्यालय सञ्चालनमा आग्रह गरेको जनाइएको छ । सूचनामा सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आजदेखि पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ ।
सुरक्षा निकायले निषेधाज्ञा तथा कफ्र्यू समेत खुकुलो पारेकाले सम्पूर्ण कम्पनीले नियमित रुपमा कार्यालय सञ्चालन गरी सेवा दिन कम्पनीको आग्रह छ ।
Comments are closed.