तनहुँ । डिजी लिंक नेटवर्क प्रालिले तनहुँस्थित शुक्लागण्डकी नगरपालिका–९ को कार्यालयलाई कम्प्युटर सहयोग गरेको छ । जेनजी प्रदर्शनकारीले तोडफोड र आगजनी गरेर ध्वस्त बनाइदिएको वडा कार्यालयको सेवा सुचारु गर्न डिजी लिंकले कम्प्युटर सहयोग गरेको हो ।
आइतबार डिजी लिंकका प्रबन्ध निर्देशक विवेक वाग्लेले वडाध्यक्ष धनबहादुर पुलामी ‘बाबुराम’ लाई सिपीयु, मोनिटर, किबोर्ड, माउससहितको १ थान कम्प्युटर हस्तानतरण गरेका हुन् । सामाजिक उत्तरदायित्व वहन गर्दै कम्प्युटर सहयोग गरेको वाग्लेले बताए ।
“वडाबाट सेवा प्रवाह गर्ने कम्प्युटर जलेर नष्ट हुँदा सेवा प्रवाहमा समस्या परेको छ, कार्यालयको सेवा सुचारु गर्न कम्प्युटर उपलब्ध गराएका छौँ” उनले भने,–“देशभरका सरकारी संरचना प्रदर्शनकारीले जलाएर खरानी बनाएका छन्, हामी पूर्ववत् अवस्थामै फर्कनुपर्नेछ, सबै नेपाली नागरिकले सेवा भावको भावना राखेर आफूले सकेको सहयोग गरौँ” ।
सबैको सहयोगबाट नै सहज रुपमा जनतालाई सेवा दिने प्रयासमा रहेको वडाध्यक्ष पुलामीले बताए । वडा कार्यालय जलेर ध्वस्त भएकाले नयाँ ठाउँबाट सेवा दिने तयारी भइरहेको उनी बताउँछन् ।
Comments are closed.