काठमाडौं । जेनजी आन्दोलनका क्रममा विभिन्न कार्यालयबाट चोरी भएका सामान फिर्ता गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुचना जारी गरेको छ ।
आन्दोलनका क्रममा भएका आगजानी, तोडफोड तथा लुटपाटमा संलग्न व्यक्तिबाट विभिन्न सामान चोरी भएको छ । त्यस समयमा हराएका वा चोरी भएका सामान फिर्ता गर्न आयोगले सार्वजनिक सूचना जारी गरेको हो ।
सिसिटिभी फुटेजको आधारमा तोडफोड र चोरीमा संलग्नहरूको पहिचान गर्ने कार्य भइरहेको आयोगले जनाएको छ ।
आयोगले कसैले पनि यी सामग्रीहरू लिएको वा प्राप्त गरेको भए काठमाडौंको हकमा प्रहरी वृत्त मालीगाउँ वा आयोगको टङ्गालस्थित कार्यालयमा बुझाउन अनुरोध गरेको छ ।
Comments are closed.