काठमाडौं । क्षतिको बीमा दाबी गर्न नेपाल बीमा प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको हो ।
बीमितहरूले बीमालेखको सर्तबमोजिम दाबी भुक्तानी पाइने कानुनी व्यवस्था भएकोले आवश्यक कागजातसहित सम्बन्धित बीमा कम्पनीमा बीमा दाबी गर्न प्राधिकरणले आग्रह गरेको छ ।
बीमा कम्पनीले बीमालेखमा उल्लेखित अवधिभित्र बीमा दाबी भुक्तानी नगरेमा, दायित्व निर्धारण नगरेमा वा बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा सम्बन्धित बीमितले बीमा प्राधिकरणमा उजुरी गर्न सक्ने सूचनामा उल्लेख छ ।
Comments are closed.