काठमाडौं । नवनियुक्त ३ मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
सो कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकास मन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालले सपथ लिएका छन् ।
घिसिङलाई ३ र अर्याललाई २ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
Comments are closed.