नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डमा पहिरो खसेपछि एकतर्फी मात्र सुचारु रहेको सडक दुईतर्फी रुपमा चल्न थालेको छ ।

चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको सडक अहिले दुईतर्फी नै खुलेको छ ।

सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

You might also like

Comments are closed.