वैदेशिक अध्ययनमा लगानी बढ्दै

काठमाडौं । वैदेशिक अध्ययनमा जानेको संख्या बढ्दै जादा अध्ययन क्षेत्रमा धेरै रकम विदेशिएको छ ।

एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गएको वर्षको तुलनामा थोरै कम छ ।

चालू आर्थिक वर्षको पहिलो महिनामा अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ व्यय भएकोमा गएको आर्थिक वर्षको यही अवधिमा १४ अर्ब ९६ करोड रुपैयाँ थियो । पछिल्लो समय अध्ययनका लागि बाहिर जानेको आकर्षण बढेको छ ।

You might also like

Comments are closed.