सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने

काठमाडौं । सरकारले यस वर्षको संविधान दिवस सामान्य रूपमा मनाउने भएको छ ।

जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिले उत्सवका रूपमा मनाउन नसकिने भएकाले सामान्य रूपमा मनाउने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा सामान्य कार्यक्रम गरेर संविधान दिवस मनाउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

You might also like

Comments are closed.