पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । चाडपर्वलाई लक्षित गरी पर्यटकीय गन्तव्यमा जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले आन्तरिक तथा बाह्य पर्यटकका लागि चाडपर्वमा सुरक्षित र भरपर्दो यात्रा गराउने उद्देश्यले अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

टिवानका अध्यक्ष भीष्म न्यौपानले काठमाडौं, पोखरा, सौराहालगायतका पर्यटकीय गन्तव्यमा चाडपर्वमा जाने यात्रुको सहजताका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको जानकारी दिए ।

उनका अनुसार सो बस टिकट खल्ती र इसेवालगायतका अनलाइन माध्यमबाट काट्न सकिनेछ ।

You might also like

Comments are closed.