काठमाडौं । नागढुंगा सुरुङमार्ग दशैँमा प्रयोग गर्ने व्यवस्था मिलाइने भएको छ । अहिले सञ्चालनको अन्तिम तयारीमा रहेपनि दशैँलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनलाई सुरुङमार्ग प्रयोग गर्न व्यवस्था मिलाइने भएको जनाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले दशैँका बेला काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुवाहक सवारीलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
शनिबार सिंहदरबारमा बसेको यातायात व्यवस्था विभाग, सुरक्षा निकाय, यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको बैठकमा दशैँ अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई सुरुङमार्गमार्फत जान दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
दशैँपछि ती सवारीलाई पुनः सुरुङमार्ग प्रवेशको व्यवस्था गर्न सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्देशन दिने मन्त्री घिसिङले बताए ।
Comments are closed.