काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
आज तोलामा एक हजार एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने सुन २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ४० रुपैयाँले बढेर तोलामा २ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
Comments are closed.