राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

उनले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

You might also like

Comments are closed.