काठमाडौं । नारायणघाट–मुग्लिन सडकखण्डको तुइनखोलामा माथिबाट पहिरो खस्ने क्रम रोकिएको छ । शुक्रबारदेखि खसेको सुख्खा पहिरोले सडक अबरुद्ध बनेको छ ।
पहिरो पन्छाउने कार्य भइरहेको छ । पहिरो खस्न रोकिएपछि आज साँझसम्म एकतर्फी भएपनि सडक खुलाउने गरी काम चलिरहेको छ । अब एकतर्फी खुलाउन ४० मिटर बाँकी छ ।
डिभिजन सडक कार्यालय भरतपुरका अनुसार दिउँसो साढे १ बजेयता थप पहिरो खसेको छैन । तुइन खोलामा सडक अवरुद्ध हुँदा यात्रु र चालकले सास्ती खेप्दै आएका छन् ।
अस्ति खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको थियो । माथिबाट पहिरो झर्ने क्रम नरोकिएपछि खुलाउन समस्या भएको हो ।
Comments are closed.