एकतर्फी खुल्यो नारायणघाट–मुग्लिन सडक

काठमाडौं । शुक्रबारदेखि अबरुद्ध रहेको नारायणघाट–मुग्लिन सडक एकतर्फी खुलेको छ ।

पहिरोका कारण तुइनखोला नजिकै करिब ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको हो ।

तुइनखोलामा माथिबाट खसेको पहिरो केही बेरअघि हटाएसँगै सडक एकतर्फी सञ्चालनमा आएको छ ।

सडक दुईतर्फी नै खुलाउन पहिरो पन्छाउने काम निरन्तर गरिने सडक डिभिजन कार्यालय भरतपुर चितवनले जनाएको छ ।

अहिले सडक खुलेपछि रोकिएका गाडी र यात्रु विस्तारै गन्तव्यतर्फ लाग्न थालेका छन् ।

You might also like

Comments are closed.