विजय साकोसको अध्यक्षमा केसी

पोखरा । पोखरा–१३ ढल्लकेरुलस्थित विजय वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन सकिएको छ । अधिवेशनले अध्यक्षमा भिम केसीलाई चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा रामराज गौतम, सचिवमा तारा बराल, कोषाध्यक्षमा मधुकुमार श्रेष्ठ रहेका छन् भने सदस्यहरूमा ध्रुवराज सिग्देल, विष्णुकुमारी अधिकारी, महेन्द्रप्रसाद भण्डारी, उमनाथ आचार्य, सिर्जना बिक चयन भएका छन् ।

नरेंद्रप्रसाद अधिकारी संयोजक रहेको ३ सदस्यीय लेखा सुपरिबेक्षण समिति गठन भएको छ । जसको सदस्यमा सूर्यराज बराल, शारदाकुमारी आचार्य रहेका छन् ।

You might also like

Comments are closed.