वीरगञ्ज भन्सार यार्डमा थन्किए डेढ सय बढि जाँचपास नभएका गाडी

पर्सा । वीरगञ्ज भन्सार यार्डमा १७९ गाडी थन्किएका छन् ।

वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा जाँचपास नभएर १७९ चार पाङ्ग्रे गाडी थन्किएका हुन् ।

एकीकृत जाँचचौकीमा ७५ वटा चारपाङ्ग्रे र सुक्खा बन्दरगाह भन्सार कार्यालयमा १०४ थान चार पाङ्गे गाडी भन्सार जाँचपासको प्रक्रियामा रहेका वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले बताए ।

You might also like

Comments are closed.