पोखरा । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त पर्स्याङ ट्राफिक प्रहरी पोस्ट नयाँ स्वरूपमा पुनःनिर्माण गरिएको छ ।
स्थानीय समाजसेवी, व्यापारी तथा उद्योगीको सक्रिय पहल र सहयोगमा पुनःनिर्माण सम्पन्न गरिएको स्थानीय प्रतीक सुवेदीले जानकारी दिए । निर्माण कार्यमा फच्छु पाण्डे यु.पी.भी.सी. प्रा.लि. (गोल चौतारा) को बिशेष योगदान रहेको छ ।
सागर भुसाल (जिरो किमि), जगतराज शर्मा (मालेपाटन), नारायण भुसाल (मालेपाटन), समाजसेवी धनराज अधिकारी (पर्स्याङ), समाजसेवी विमल श्रेष्ठ (गोल चौतारा), समाजसेवी प्रबिन खड्का (पर्स्याङ), पेवा त्रि उद्योगका सञ्चालक सचिव रेज्मी (मालेपाटन) लगायतले समेत आर्थिक तथा भौतिक सहयोग गरेका छन् ।
ट्राफिक प्रहरी पोस्ट क्षतिग्रस्त प्रमुख जितबहादुर भर्तीसहित लालकिरण सारु, ठाकुर कुमार क्षेत्री, सुदिप कँडेल, जबबहादुर थापा, प्रेमबहादुर लामिछाने लगायतले पुनःनिर्माण कार्यमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।
समाजसेवीको योगदानमा सम्पन्न यस पुनःनिर्माणले स्थानीय क्षेत्रको यातायात व्यवस्थापन तथा सुरक्षा सेवा अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।
Comments are closed.