रामपुर (पाल्पा) । रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय रामपुर नगरपालिका–५ पाल्पाले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ मा ए प्लस ग्रेडसहित उत्तीर्ण हुन सफल २१ जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।
बिहिबार शेयर भेला तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम गरी विद्यालयले सम्मान गरेको छ । २०८२ को कक्षा १२ को परिक्षामा व्यवस्थापन सङ्कायमा जिल्लामै उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थी रोजÞलिन सेनसहित २०८१ को एसईईमा ए प्लस ल्याउन सफल १६ जना, २०८० को एसईई र २०८१ को कक्षा १२ मा ए प्लस ग्रेड ल्याएका ४ जना विद्यार्थीलाई नगद १० हजार र सम्मान पत्रले सम्मान गरेको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति एवं विद्यालयका पूर्व अध्यक्ष राजुप्रसाद श्रेष्ठ रहेका हुन् । विद्यार्थीलाई सम्मान गर्दै प्रमुख अतिथि श्रेष्ठले सम्मान कार्यक्रमले विद्यार्थीलाई थप हौसला प्रदान गर्ने बताए । उनले जेन जी आन्दोलनले मुलुकमा महत्वपूर्ण परिवर्तन भएको बताउँदै मुलुक शैक्षिक क्षेत्रको उत्थानमासँगै विकासमा थप आशा जगाएको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विष्णु रेग्मी, विद्यालय व्यवस्थापन समिति सदस्य गंगा अधिकारीले लगनशिल विद्यार्थीको अथक मेहनत र सरोकारवालाको साथले उत्कृष्ट नतिजा प्राप्त भएको बताउँदै जीवनमा थप सफलता हासिल गर्दै जान शुभकाना दिए । कार्यक्रममा २०८२ को कक्षा १२ को परीक्षामा व्यवस्थापन सङ्कायतर्फ जिल्ला उत्कृष्ट हुन सफल विद्यार्थी रोज़लिन सेन र २०८१ को एसईईमा ए प्लस ल्याउन सफल विद्यार्थी संयुज भण्डारीले विद्यालयको साथ र सम्मानले थप हौसला प्राप्त भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेग्मीले शिक्षकको साथ र मेहनती विद्यार्थीले हासिल गरेको नतिजाले विद्यालयको गरिमा उच्च बनाएको बताए । विद्यार्थीलाई थप प्रोत्साहन गर्न सम्मान कार्यक्रम गरिएको उनी बताउँछन् । सहायक प्रधानाध्यापक खुमबहादुर सारुले विद्यालयको वर्तमान अवस्था र सञ्चालन भएका गतिविधिको बारेमा जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य रुद्रनारायण श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रबन्ध निर्देशक सूर्यप्रसाद घिमिरेले गरेका हुन् ।
Comments are closed.