अर्थ मन्त्रालयद्वारा जेनजी आन्दोलनमा जलाइएका २९ गाडी मर्मत

काठमाडौं । अर्थ मन्त्रालयले जेनजी आन्दोलनका क्रममा जलाइएका २९ वटा सवारी साधनको मर्मत सम्भार गरेको छ ।

मन्त्रालयले झण्डै २३ लाख खर्च गरेर २९ वटा सवारी साधन मर्मत सम्भार गरेको हो । मन्त्रालयका अनुसार सिनामंगलको जगन्नाथ अटो केयर कम्पनीले २२ लाख ७८ हजार ९५० रुपैयाँमा ती सवारी साधन मर्मत भएको छ ।

मन्त्रालयले २९ वटा चारपाँग्रे सवारी साधनको अप्रत्याशित र विशेष कारणबाट यथाशीघ्र मर्मत गर्न कोटेसन माग गरेको थियो । जसमा जगन्नाथ अटोले सबैभन्दा कम मूल्यको प्रस्ताव पेस गरी गाडी मर्मत गरेको हो ।

मन्त्रालयले तत्काल नयाँ गाडी नकिन्ने घोषणा गरेको छ । त्यसैले मर्मत गरेर चलाउन मिल्ने गाडी मर्मत गरेको हो ।

You might also like

Comments are closed.