काठमाडौं । अर्थ मन्त्रालयले सरकारी गाडी चढ्ने कर्मचारी तथा पदाधिकारीको विवरण माग गरेको छ । मन्त्रालयले सोमबार सबै मन्त्रालय, आयोग तथा सचिवालयहरूलाई पत्राचार गर्दै ७ दिन भित्र विवरण पठाउन भनेको हो ।
सवारी सुविधा पाउने पदाधिकारी तथा कर्मचारीहरूलाई सवारी सुविधा व्यवस्थापन सम्बन्धी मापदण्ड तर्जुमा गर्ने प्रयोजनका लागि विवरण माग गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सवारी सुविधा प्रयोग गर्ने पदाधिकारीको नाम, पद, प्रयोग भएको सवारीको मोडेल, निर्माण भएको वर्षको विवरण पठाउनुपर्नेछ ।
त्यस्तै, सबै कार्यालय तथा निकायमा चालु हालतमा रहेका सवारी साधानको विवरणमा सवारीको किसिम र निर्माण वर्षको विवरण माग गरिएको छ। त्यसैगरी, सवारी चालकको विवरणमा सवारी चालको नियुक्ती प्रकृति स्थायी वा करार र सवारी चालकको संख्याको विवरण पठाउन भनेको छ ।
Comments are closed.