काठमाडौं । दशैँ अवधिभर १ लाख ३४ हजारले हवाईयात्रा गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्क अनुसार असोज १२ देखि २१ गतेसम्म १० दिनमा कुल १ लाख ३४ हजार ५१५ यात्रुले हवाईयात्रा गरेका हुन् ।
यसमध्ये ७४ हजार ५९१ यात्रु बाहिरिए भने ५९ हजार ५४४ यात्रु काठमाडौं भित्रिएका छन् ।
सो अवधिमा १ हजार २८५ उडान र १ हजार २६३ अवतरण गरी कुल २ हजार ५४८ उडान भएका छन् ।
Comments are closed.