पोखरा । पोखरा महानगरपालिका–२८ कालिकामा रहेको ठूलाकोट कृषि सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।
साधारण सभाका प्रमुख अतिथि पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले पोखरा २८ कृषि क्षेत्र भएको हुँदा कृषि सहकारीको ठूलो महत्व रहेको बताए ।
ठूलाकोट कृषि सहकारीले उत्कृष्ट काम गरिरहेको बताउँदै वडाध्यक्ष लामिछानेले वडाध्यक्ष लामिछानेले कृषिमा राज्यले ठूलो अनुदान खर्च गरिरहेकाले वडामा कृषि सहकारीमार्फत सहकार्य गरेर काम गर्नको लागि वडा कार्यालय सकारात्मक रहेको बताए ।
सहकारीका अध्यक्ष श्यामप्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको सधारण सभामा संस्थापक अध्यक्ष विश्वरमण अधिकारी, पोखरा–२८ का वडा सदस्यहरु विरेन्द्र भण्डारी, डाल्डादेवी भुजेल, मार्गदर्शन सहकारीका अध्यक्ष बालकृष्ण त्रिपाठी, सल्लाहकार राधाकृष्ण घिमिरे लगायले आफ्ना भनाइ राखेका छन् । उपाध्यक्ष गोर्कण त्रिपाठीले स्वागत गर्दै सहकारीका सात सिद्वान्त वाचन गरेर सुनाएका थिए ।
अध्यक्ष तिमिल्सेनाको अध्यक्षको प्रतिवेदन, सचिव शैलेन्द्र रमण अधिकारीको सचिवको प्रतिवेदन र कोषाध्यक्ष प्रकाश खड्काको कोषाध्यक्षको प्रतिवेदन, लेखा संयोजक सुरेन्द्र मोहन अधिकारीको लेखा प्रतिवेदन साधारण सभाले पारित गरेको छ ।
साधारण सभामा सहकारीका ज्येष्ठ सदस्य, उत्कृष्ट कारोवार गर्ने सेयर सदस्य, उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । कार्यक्रमको सञ्चालन सचिव अधिकारीले गरेका हुन् ।
Comments are closed.