सुनसगैं बढ्यो चाँदीको मूल्य, कारोबार रकम हालसम्मकै उच्च

काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा तीन हजार रुपैयाँले बढेर तोलाको दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

लगातार बढिरहेको सुनको भाउ अस्ति शुक्रवार तोलामा चार हजार दुई सय रुपैयाँले घटेको थियो । शुक्रबार र हिजो शनिबार तोलाको दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको हो । त्यसअघि बिहीवार सुुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर तोलाको तीन हजार एक सय २५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ अहिलेसम्मकै उच्च हो । अस्ति शुक्रवार चाँदीको भाउ तोलाको तीन हजार ८५ रुपैयाँ थियो ।

You might also like

Comments are closed.