असोज २८ देखि तिहार फ्लोरा एक्स्पो हुँदै

काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा यहीँ असोज २८ देखि तिहार फ्लोरा एक्स्पो सुरु हुने भएको छ ।

पुष्प विकास केन्द्र र वनस्पति विभाग प्रवद्र्धक रहेको एक्स्पोमा ७० भन्दा बढि स्टल रहनेछन् । एक्स्पो अवधिभर ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरेको आयोजकले जनाएको छ ।

विभिन्न प्रजातिका फूल गमला तथा मनमोहक आकर्षक फूल लगायत कृषि प्रयोजनमा, ज्योतिको नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिनेछ ।

प्रवेश शुल्क प्रतिव्यक्ति रु १०० र ज्येष्ठ नागरिकको लागि प्रतिव्यक्ति रु ५० तोकिएको छ । विद्यार्थीको लागि भने निःशुल्क रहनेछ । एक्स्पोमा ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा छ ।

 

You might also like

Comments are closed.